जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
धनकुटा – धनकुटा नगरपालिका–२ भीरगाउँमा पिकअप जीप दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यू भएको छ ।
धनकुटा नगरपालिका–१ हिलेबजारबाट भीरगाउँतर्फ जादै गरेको को १ ज १६५४ नम्बरको तरकारी बोक्ने पिकअप जीप सडकबाट खसेर दुर्घटना हुदाँ गाडी चालक धनकुटा नगरपालिका–२ भीरगाउँका ४२ वर्षीय प्रेम तामाङको घटनास्थलमा नै ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताउनुभयो । गाडी मालिकसमेत रहेका मृत्तक तामाङका ३९ वर्षीय भाइ फत्तेबहादुर तामाङ भने सामान्य घाइते भएका छन् ।
मृतकको शव पोष्टमार्टमको लागि धनकुटा अस्पताल ल्याउने तयारी भैरहेको प्रहरीले बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।