दलहरु भागबण्डामा केन्द्रित भए : पूर्व राष्ट्रपति यादव

 मंसिर ७, २०७५ शुक्रबार १८:५३:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – पूर्व राष्ट्रपति डा. रामवरण यादवले विद्रोही नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई मूलधारमा ल्याउन नसकेको भन्दै सरकार र राजनीतिक दलहरुको आलोचना गर्नु भएको छ । 

पूर्व राष्ट्रपति यादवले हिमाल, पहाड र तराईबीचको एकतालाई बलियो बनाउन कुनै पहल गर्न नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नुभयो । शुक्रबार पत्रकार जगत नेपालको पुस्तक ‘बीपीको विद्रोह’को काठमाडौंमा विमोचन गर्दै उहाँले बीपीले देखाएको मेलमिलापको बाटोबाट अघि बढनुको साटो राजनीतिक दलहरु पदीय भागबण्डामा मात्रै केन्द्रित भएको गुनासो पनि गर्नुभयो ।

उहाँले नेपालका हरेक व्यवस्था परिर्वतनमा हडबडमा निर्णय लिँदा उपलब्धि संस्थागत हुन नसकेको बताउनु भयो । यादवले संविधान निर्माणको अन्तिम समयमा हडबड गर्दा सबै समेटिन नसकेको तर्क गर्नुभयो । कार्यक्रममा पूर्व राष्ट्रपति यादवले सरकारले असन्तुष्ट पक्षलाई समेट्न नसक्दा विद्रोहको स्वर बढ्दै गएको भन्दैे रोष व्यक्त गर्नुभयो ।

पूर्व राष्ट्रपति यादवले सबैले मिलेर मुलुकमा शान्ति स्थापना गर्न ढिलाई गर्न नहुनेमा पनि जोड दिनुभयो । उहाँले राज्यका संवैधानिक निकायमा पदीय बाँडफाँड भइरहेको भन्दै आपत्ति पनि जनाउनुभयो ।

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया