भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडाैं - यातायात व्यवस्था विभागकाे सर्भरमा समस्या अाएपछि नयाँ सवारी चालक अनुमतिपत्र लाइसेन्स लिन अनलाइनबाट फारम भर्ने प्रक्रिया रोकिएको छ ।
सरकारले शुक्रबार बिहान १० बजेदेखि नयाँ लाइसेन्स लिन अनलाइनबाट फारम भर्ने प्रक्रियाको सुरुवात गरे पनि सिस्टम डाउन भएपछि रोकिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
बिहान साढे ३ सय जनाले फारम भरेपछि सिस्टम डाउन भएको विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले उज्यालोलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार चाप धेरै परेकाले बिहान १५ मिनेटमा नै सिस्टममा अवरोध आएको थियो । तर अहिले सफ्टवेयर बनाउने काम भइरहेकोले भरे राति या भोलि विहानदेखि फेरि अनलाइनबाट फारम भर्न सकिने उहाँले बताउनुभयो ।
यसअघि पनि सफ्टवेयरमा रहेको त्रुटि सच्याउन भन्दै सरकारले दसैं अघिदेखि नै नयाँ लाइसेन्स लिन फारम भर्ने प्रक्रिया रोकेको थियो ।
सामान्य अवस्थामा अनलाइन फारम यातायात व्यवस्था विभागको वेबसाइट www.dotm.gov.np बाट भर्न सकिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।