भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – काठमाडौंमा मकलमा कोइला बालेर सुत्दा निसासिएर एक जनाको ज्यान गएको छ । परिवारका अन्य दुई जना बेहोश भएका छन् ।
धादिङ घर भई काठमाडौंको मित्रनगर बस्दै आउनु भएकी २२ वर्षीया संगिता रानामगरको उपचारको क्रममा टिचिङ अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । उहाँका श्रीमान राम दर्लामी र ४ महिने छोरीको अहिले टिचिङ अस्पतालमा नै उपचार भइरहेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक डीएसपी होविन्द्र बोगटीले बताउनुभयो ।
छोरीलाई चिसो लाग्यो भनेर कोइला बालेर सुत्दा निसासिएर संगिताको ज्यान गएको हो । जाडो महिनामा धेरै जनाको बानी कोइला वा ब्रिकेट बालेर सुत्ने भएकाले ज्यान जाने जोखिम धेरै हुन्छ । डाक्टरले मकल वा ब्रिकेट बाल्दा झ्याल खुला राख्न आग्रह गर्दै आएका छन् । यस्तै सुत्दा आगो निभाउन पनि डाक्टरले सुझाव दिने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।