काठमाडौंको बल्खुमा टिप्परको ठक्करबाट माइक्रो चालकको ज्यान गयो

 मंसिर ८, २०७५ शनिबार ७:३९:४५ | उज्यालो सहकर्मी

काठमाडौं – काठमाडौंमा शनिबार बिहान भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । 

बिहान पौने ५ बजेतिर कोटेश्वरमा भाटभटेनी अगाडि ना ६ ख ५५९२ नम्बरको ट्रकमा ना ५ ख ४०२६ नम्बरको बस ठोक्किँदा बसमा सवार सर्लाहीको मुलुङगा घर भई काठमाडौंको तिलगंगा बस्दै आएका ७१ वर्षीय शम्भू परियारको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते भएकी शम्भूकी श्रीमती रिता र सर्लाही ढुंग्रेखोलाका डम्बर श्रेष्ठको ललितपुरको ग्वार्कोमा रहेको बीएण्डबी अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनापछि फरार रहेका बसका चालकको खोजी भैरहेको छ । 

यस्तै शनिबार बिहानै साढे ३ बजेतिर काठमाडौंकै बल्खुमा टिप्परको ठक्करबाट माइक्रोचालकको ज्यान गएको छ । बा ४ ख ९५७५ नम्बरको टिप्परले बा १ ज ८८५५ नम्बरको माइक्रोलाई ठक्कर दिँदा घाइते भएका सिन्धुपाल्चोकका ६४ वर्षका बाबुकाजी श्रेष्ठको वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका टिप्पर चालकको खोजी भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया