महिला टी–२० विश्वकप क्रिकेटमा आज बङ्गलादेश र वेस्ट इन्डिज खेल्दै
असोज २४, २०८१ बिहिबार
कालीकोट – कालीकोटका किसानले बारीबाटै प्रतिकिलाे ५० रुपैयाँमा स्याउ बिक्री गर्न थालेका छन् । साउनको तेस्रो हप्ता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न शुरू गरेका हुन् ।
कालीकाेटमा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिलागुफा नगरपालिका र रास्कोट नगरपालिकाका किसान स्याउ टिप्न व्यस्त हुन थालेका तिलागुफा–१ का रजबहादुर बुढाले बताउनुभयो । ‘नगरपालिकाले साउन २० गतेदेखि स्याउ टिप्न किसानलाई आग्रह गरेको थियो’, उहाँले भन्नुभयो, ‘अहिले बारीमा नै प्रतिकिलो ५० रुपैयाँमा बिक्री भइरहेको छ ।’
बढी मूल्य पाउने आशामा किसानले छिटो स्याउ टिप्दा स्वाद हराउने भएकाले नगरपालिकाले साउन २० गतेदेखि मात्र टिप्न आग्रह गरेको तिलागुफा–४ का पूर्वअध्यक्ष खड्कराज शाहीले बताउनुभयो ।
स्याउ बजार लैजान समस्या रहेको भन्दै मूल्य पनि कम पाउने गरेको रास्कोट नगरपालिका–८ फुकोटका पुष्पराज बरालले गुनासाे गर्नुभयाे । ‘स्याउ उत्पादन प्रशस्त हुन्छ । यहाँको लेकाली क्षेत्रबाट स्याउ बजारसम्म पुर्याउन ढुवानी खर्च महँगो पर्छ’, उहाँले भन्नुभयो, ‘ठेकेदारले बारीमा आएर स्याउ लैजाने गरेका कारण मूल्य कम भए पनि ढुवानीको समस्या भने अहिले छैन ।’
किसानले उत्पादन गरेको स्याउ बिक्री र ढुवानीका लागि अनुदान दिने गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।