भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – केही युवाहरुले राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन् ।
जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोधस्वरुप एक रुपैयाँ भिख मागेका हुन् । सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटप्रुफ गाडीसहितको सवारी साधन किन्ने निर्णय गरेपछि त्यस निर्णयको चौतर्फी विरोध भइरहेका बेला स्वतस्फुर्तः रुपमा युवाहरु भिख माग्ने कार्यक्रमा सहभागी भएका हुन् ।
शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले ‘दान गर्नुहोस् पूण्य कमाउनुहोस्’ भन्दै सर्वसाधारणसँग एक–एक रुपैयाँ भिख मागेका हुन् ।
१८ करोड रुपैयाँको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन् ।
युवाहरुले पशुपति वनकाली क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसँग भिख मागेका थिए ।
युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर राष्ट्रपति कार्यालयलाई बुझाउने बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।