भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश पनि जाम अनि जमिनमा पनि जाम हुँदै आएको छ ।
विमानस्थलको क्षमता कम तर उडान र अवतरण धेरै हुँदा आकाशमा जहाजको जाम हुने गरेको छ । त्यस्तै विमानस्थल परिसरमा पनि गाडीको जाम हुँदै आएको थियो । तर आइतबारदेखि भने विमानस्थलको टर्मिनल भवन बाहिर जाम हुने छैन । किनकी विमानस्थलको छेउमा आइतबारदेखि नयाँ पार्किङ क्षेत्र सञ्चालमा आएको छ ।
रिङरोडको छेउमा रहेको भवनमा बनाइएको पार्किङ भवनको आइतबार संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गर्नुभयो । आइतबारदेखि विमानस्थल यात्रु पुर्याउन जाने र लिन जाने निजी गाडी तथा ट्याक्सी पार्किङ भवनमा मात्रै पार्किङ हुनेछन् । अहिले रहेको पार्किङ स्थलमा भने भीआईपीका गाडी मात्रै पार्किङ गरिनेछ ।
अहिले विमानस्थल भवनको परिसरमै सयौं ट्याक्सी र निजी गाडी पार्किङ हुँदै आएका छन् । अब भने त्यो ठाउँमा जम्मा १० वटा मात्रै ट्याक्सी राखिने र बाँकी ठाउँमा हरियाली प्रवद्धन गरिने विमानस्थल कार्यालयले जनाएको छ ।
अहिले पार्किङ रहेको स्थानमा छिटै नै बृक्षारोपण गरेर विमानस्थल परिसर आकर्षक बनाइने पनि कार्यालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।