भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडाैं - नेपाल वायुसेवा निगमले वाइडबडी खरिदमा आर्थिक चलखेल नभएको स्पष्ट पारेको छ ।
वाइडबडी खरिद गर्दा आर्थिक चलखेल भएको, सिधै कम्पनीसँग खरिद नगरेर बिचौलिया कम्पनीसँग खरिद गरिएको भन्दै संसदीय समितिहरुले छलफलको विषय बनाइरहेका बेला निगमले भने विमान खरिदमा कुनै पनि आर्थिक चलखेल नभएको दावी गरेको हो ।
प्रतिनिधिसभा अन्तरगतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले सम्पुर्ण कानुनी प्रक्रिया पूरा गरेर विधिसम्मत विमान खरिद गरिएको बताउनुभयो ।
उहाँले शत प्रतिशत आर्थिक लेनदेन नभएको भन्दै भष्टाचार भएको भए प्रमाणित गर्न चुनौती दिनुभयो ।
महाप्रबन्धक कंसाकारले विमानको तौलको बारेमा खरिद सम्झौतामा उल्लेख नभएको दावी गर्नुभयो । २ सय ४२ टनको विमान किन्ने सम्झौता गरेर किन २ सय ३० टनको मात्रै किनेको भन्ने समिति सदस्यहरुको जिज्ञासामा उहाँले विमानको तौलबारे उल्लेख नै नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो २ सय ४२ टन भनेर २ सय ३० टन को किन्यो भन्ने कुरा झूट हो ।
उहाँले विधिसम्मत विमान खरिदका लागि बोलपत्र आव्हान गरिएकाले आपूर्तिकर्तालाई बिचौलिया भन्न नमिल्ने दावी पनि गर्नुभयो । उहाँले महालेखापरीक्षकको प्रतिवेदनलाई गलत नभने पनि विमान खरिद प्रक्रियामा भने कुनै गलत कार्य नभएको जिकिर गर्नुभयो ।
समिति सदस्यहरुले महालेखापरीक्षकको प्रतिवेदनले पनि विमान खरिद सम्झौता कानुनसम्मत नभएको देखाएको र सिधै वाइडवडी निर्माण कम्पनीसँग नकिनेर बिचौलिया कम्पनीसँग किन किनेको भनी प्रश्न गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।