भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – चालू आर्थिक वर्षको ३ महिनामा रेमिट्यान्स बढेको छ भने विदेश जाने घटेका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा २ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
प्रमुख रोजगार गन्तव्य मेलेसियामा नेपाली कामदारका लागी केही समय रोक लगाईए पनि डलरको मूल्य बढेपछि रेमिट्यान्स आप्रवाहमा सुधार आएको हो । अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।
चालू आवको तीन महिनामा दुई खर्ब ४२ अर्ब रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । बैंकका अनुसार विप्रेषण आप्रवाह ३७ दशमलव ३ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको यहीअवधिमा विप्रेषण आप्रवाह २ दशमलव ६ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकको प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको तीन महिनामा विदेश जाने घटेका छन् । अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ३६ दशमलव ७ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो सङ्ख्या २ दशमलव ६ प्रतिशतले घटेको थियो । यस अवधिमा मलेसिया जाने नेपालीको सङ्ख्या उल्लेख्य मात्रामा घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।