भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
लमजुङ– मर्स्याङ्दी नदीमा जल खेलकुद प्रतियोगिता भैरहेको छ । गएको शनिबारबाट सुरु भएको जल खेलकुद प्रतियोगिता सोमबारसम्म चल्नेछ । नेपाल एशोसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा) ले मस्र्याङ्दी नदीमा जल खेलकुद प्रतियोगिता आयोजना गरेको हो ।
‘हिमालयन ह्वाईट वाटर च्यालेन्ज’ नाम दिइएको यस जल खेलकुद प्रतियोगिता ‘नेपाल पर्यटन वर्ष–२०२०’ लाई सफल बनाउने उद्देश्यकासाथ आयोजना गरिएको नाराका अध्यक्ष निम बहादुर मगरले बताउनुभयो । उहाँका अनुसार शनिबार भएको खेलमा २० जनाले भाग लिएका थिए । प्रतियोगितामा १५ पुरुष र ५ महिला थिए ।
प्रतियोगितामा नेपालीसहित बेलायत, आयरल्याण्ड र जर्मनीका खेलाडीले भाग लिएका थिए । प्रतियोगितामा ४ सय जनाले सहभागिता जनाउने आयोजकको आँकलन छ । हिमालय रिभर गाईड एशोसियसनका पूर्व अध्यक्ष युवराज अधिकारीका अनुसार प्रतियोगितामा विभिन्न तीन वटा खेल संचालन हुनेछ ।
उहाँका अनुसार ‘कायक डाउन रिभर रेस’, ‘एक्ट्रिम कायक स्लालोम’, र ‘बोटर क्रस गेम’ सञ्चालन हुनेछ । ‘कायक डाउन रिभर रेस’मा प्रथम हुनेले नगद ५० हजार, द्धितीय हुनेले ३० हजार र तृतीया हुनेले २० हजार रुपैयाँ पुरस्कारस्वरुप पाउनेछन् ।
यसैगरी, ‘एक्ट्रिम कायक स्लालोम’ र ‘बोटर क्रस गेम’मा पनि प्रथम हुनेले नगद ५० हजार, द्धितीय हुनेले ३० हजार र तृतीया हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ४९ लाख ४२ हजार बजेट लाग्ने अनुमान गरिएको छ । जानकारहरुका अनुसार मस्र्याङ्दी नदी ¥याफ्टिङका लागि साहसिक र उययुक्त मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।