भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – शेयरबजारमा लागू भएको अनलाइन प्रणालीमा सुधार गर्न माग गर्दै लगानीकर्ताका चारवटा संस्थाले नेपाल स्टक एक्सचेञ्ज नेप्सेको कार्यालय घेराउ गरेका छन् ।
शेयरबजारमा अनलाइन प्रणाली सुरु भएको २० दिन बितिसक्दा पनि अझै समस्या रहेको र यसले गर्दा लगानीकर्ता हतोत्साही भएको भन्दै नेप्से घेरेर दबाब दिइएको शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले जानकारी दिनुभयो ।
उहाँले अनलाइन प्रणाली व्यवस्थित नहुँदा लगानीकर्ता मारमा परेको भन्दै नेप्सेलाई दवाब दिइएको दाबी गर्नुभयो । नेपाल इन्भेस्टर्स फोरम, शेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघको आह्वानमा लगानीकर्ताले रामशाहपथमा रहेको नेप्सेको कार्यालयमा घेराउ गरेका हुन् ।
नेप्सेको बेवास्ताका कारण पूँजीबजारका १५ लाख लगानीकर्ताको १४ खर्ब भन्दा धेरैको सम्पत्तिमाथि खेलवाड भएको भन्दै लगानीकर्ताले अब पनि सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।