भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघले पप्पु कन्स्ट्रक्सनलाई ठेक्का प्रक्रियामा रोक लगाएको प्रति आपत्ति जनाएको छ ।
महासंघले विज्ञप्ति जारी गर्दै पप्पुलाई बदनियतपूर्ण रुपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएको हो ।
सिक्टा सिंचाइ आयोजनाको डुँडुवा नहर ठेक्काका विषयमा प्रचलित कानुनले नदिएको अधिकार प्रयोग गरी पूर्वाग्रही ढंगले पप्पुलाई ठेक्का प्रक्रियामा रोक लगाएको पनि महासंघले ठहर गरेको छ ।
कालोसूचीमा राख्ने प्रक्रिया जारी रहेकै बेला ठेक्कामा भाग लिन नदिने सूचना प्रचलित कानुन विपरीत भएको पनि महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ठेक्का प्रदान गर्ने निकायको गल्ती कमजोरीलाई समेत मध्यनजर गरेर मात्र निर्णयमा पुग्नुपर्नेमा त्यो नगरी पूर्वाग्रही ढंगले भएको कारबाहीबाट देशभरका निर्माण व्यवसायीहरुले असुरक्षाको महसुस गरेको महासंघका महासचिव रोशन दाहालले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
राज्य संयन्त्रले नै षड्यन्त्रपूर्वक मनोमानी ढंगले निर्माण व्यवसायीलाई कारबाही गर्न खोज्नुले निर्माण व्यवसायमा संलग्न व्यवसायीहरु हतोत्साहित हुने र सरकारी ढुकुटीमा रहेको खर्च समयमा हुन नसकी राज्यसमेत असफल बन्ने अवस्था उत्पन्न हुने हुँदा निर्णयमा पुनर्विचार गर्न पनि महासंघले आग्रह गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।