भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – अनलाइन प्रणालीमा तत्काल सुधार गर्न माग गर्दै शेयर लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका छन ।
शेयर बजारमा उल्लेख्य सुधार गर्ने घोषणासहित कात्तिक २० गतेबाट सुरु गरिएको अनलाइन प्रणालीमा सुधार नआएपछि लगानीकर्ताहरुले आफ्नो सम्पत्तिको सुरक्षाको माग गर्दै सोमबार बिहान भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको कार्यालय घेराउ गरेका हुन् ।
आफ्नो सम्पत्तिको सुरक्षा नहुने अवस्था आएपछि अनलाइन प्रणाली सुधारको माग गर्दै सम्बन्धित कार्यालय घेराउ गर्न बाध्य हुनु परेको शेयर लगानीकर्ता संघ, नेपालका अध्यक्ष उत्तम अर्यालले जानकारी दिनुभयो ।
शेयर लगानीकर्ताहरुले अनलाइन प्रणालीमा सुधार आउन नसक्नुको स्पष्ट जानकारी दिन पनि स्टक एक्सचेञ्जका पदाधिकारीसँग माग गरेका छन् । उनीहरुले अनलाइन प्रणालीमा सुधार नआएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् । सरकारले गएको कात्तिक २० गतेबाट सुरु गरेको अनलाइन प्रणालीले काम नगरेपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन् ।
भेन्टर कम्पनीमार्फत अनलाइन प्रणाली भित्र्याइएको हो । शेयर लगानीकर्ताहरुले स्टक एक्सचेञ्जले कमिशन खाएर भित्र्याएकाले त्यसमा सुधार नआएको आरोप समेत लगाएका छन । शेयर बजारका लगानीकर्ताहरु आवद्ध नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानकर्ता संघ, नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र नेपाल पूँजी बजार संघले अनलाइन प्रणाली सुधारको माग गर्दै सोमबारदेखि आन्दोलनका कार्यक्रम सुरु गरेका हुन् ।
यता नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले सफ्टवेयरमा समस्या देखिएको अनलाइन प्रणालीको सञ्चालन सुस्त भए पनि अब समस्या नआउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले शेयर बजारको अन्य सूचनामा भने कुनै कमी नभएको दाबी समेत गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।