भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – ललितपुरस्थित खोकना र बुङमतीबासीले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका छन ।
उचित मुआब्जालगायतका विभिन्न माग राखेर आन्दोलनरत खोकना र बुङमतीवासीले फास्ट ट्रयाक निर्माणको काम तत्काल स्थगित गराउन संसदीय समितिसँग माग गरेका हुन् । सोमबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ललितपुर महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष अमृतराज शाक्यले स्थानीय नागरिकको माग सम्बोधन गरेर मात्रै त्यो फास्ट ट्रयाक अगाडि बढाउने व्यवस्था गरिदिन पनि संसदीय समितिसँग माग गरेका छन । नेवारी संस्कृतिको मूल थलोको रुपमा रहेकोे यस क्षेत्रका नागरिकलाई पेलेर उनीहरुको मागसमेत सम्बोधन नगरी फास्ट ट्रयाक निर्माणको काम सुरु गरिएकोमा उहाँको आपत्ति छ ।
वडा अध्यक्ष शाक्यले फास्ट ट्रयाकको जेरो प्वाइन्ट बुङमतीमा राख्न आफूहरु तयार भए पनि त्यसका लागि गरिएको सहमति कार्यान्वयन गर्न सरकारले नचाहेको आरोपसमेत लगाउनु भयो ।
यता, खोकना क्षेत्रसमेत समेटिएको वडा नम्बर २१ का वडाध्यक्ष रविन्द्र महर्जनले स्थानीय नागरिकलाई पेलेर मुआब्जा वितरण गरी त्यो दू्रतमार्ग निर्माण सुरु गरिएकोमा आपत्ति जनाउनुभयो । उहाँले स्थानीय नागरिकको मागको सम्बोधन नभई दू्रतमार्ग निर्माणको काम अघि बढाउन नहुनेतर्फ पनि समिति र सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।
खोकना र बुङमतीका स्थानीयले उचित मुआब्जाको व्यवस्था गर्न तथा स्थानीय सांस्कृतिक तथा पूरातात्विक महत्वको सम्पदाको संरक्षण हुने व्यवस्था गरेर मात्रै द्रुतमार्ग निर्माणको काम अघि बढाउन माग गर्दै विरोध प्रर्दशन गर्दै आएका छन ।
स्थानीय नागरिकको मागको सुनुवाइ गर्दै राज्य व्यवस्था तथा सुशासन समितिले त्यस क्षेत्रको स्थलगत अनुगमन समेत गरेको छ । समितिकी सभापति शशी श्रेष्ठले स्थानीयको मागका सम्बन्धमा विस्तुत जानकारी लिएपछि सरकारलाई द्रुतमार्गको कामलाई कसरी अघि बढाउने भन्ने विषयमा आवश्यक निर्देशन दिने जानकारी दिनुभयो ।
नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिएको द्रुतमार्ग खोकना र बुङमतीका स्थानीय नागरिकको माग सम्बोधन नगरी अघि बढाएकोमा त्यस क्षेत्रका सांसदहरुको पनि आपत्ति छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।