जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाडौं – झण्डै एक करोड लागतमा चलचित्र ‘आरुसी’ निर्माण हुने भएको छ । गणपति फिल्मस्का लागि उदय सुब्बाको निर्देशनमा निर्माण हुन लागेको यस चलचित्र यही मंसिर १५ गतेबाट छायांकन हुँदैछ ।
त्रिकोणात्मक प्रेम कथामा आधारित भनिएको यस चलचित्रमा इशक राईले हिरोको रुपमा डेब्यू गर्दैछन् । साहारा प्रधान, बिरु गुरुङ र केशवकुमार श्रेष्ठको संयुक्त लगानीमा यो चलचित्र निर्माण हुन लागेको हो । पेशाले यी तीनै जना व्यापार व्यवसायमा संलग्न छन् । फिल्मको सम्पूर्ण छायांकन ४० दिनमा सक्ने गरी टिम मोफसल निस्कन लागेको निर्देशक उदय सुब्बाले जानकारी दिए । यो फिल्मको झापा, इलाम, तिर्थुङ, ताप्लेजुङ र सङ्खुवासभालगायतका स्थानमा छायांकन गरिनेछ ।
फिल्मको शीर्ष रोलमा नयाँ अनुहारलाई राखिने भएको छ । निर्देशक सुब्बाले कलाकारको विषयमा अगाडि थप्दै भने, ‘अहिले फिल्म मार्केटमा पुराना कलाकारको विकल्पको रुपमा नयाँ कलाकार देखिएका छन् । नयाँ कलाकार राखेपछि केही नयाँपन उनीहरुले दिन सक्छन् । यो समयको माग हो । जसरी अनमोल केसी, प्रदीप खड्का र पलशाह जस्ता नयाँ कलाकारले अहिले मार्केट लिएका छन् त्यसरी नै आरुसीमा पनि अब्बल क्षमता भएका नयाँ कलाकारले स्थान पाउनेछन् ।’ उदयले ३ वर्ष पहिले ‘रेफ्युजी’दर्शकमाझ दिएका थिए ।
चलचित्रमा इशक राई, रमा लिम्बू, सुनिल थापा, सुरविर पण्डित, कला राई, दमन रुपाखेती, बिरु गुरुङ, भूपेन्द्र लिङ्देनलगायतका कलाकारको अभिनय रहनेछ ।
मौनता श्रेष्ठको पटकथा तथा संवाद रहने यस फिल्मलाई विक्रम डिसीले खिच्नेछन् । बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्वन्द्व तथा विकास चौधरी र तारा प्रकाश लिम्बूको संगीत चलचित्रमा रहनेछ । कमल राई र दिनेश पाख्रिनको नृत्य निर्देशन रहने यस फिल्मको गीतमा राजेश पायल राई, दिपक लिम्बू, सुशन लिम्बू र सुम्निमा इङ्नामको स्वर सुन्न सकिन्छ । फिल्मको तीन वटा गीत रेकर्ड गरिसकिएको छ ।
आगामी नयाँ वर्ष अर्थात २०७६ सालको वैशाख १ मा ‘आरुसी’ प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।