विदेश जाने बाध्यताको अन्त्य गर्न सामाजिक सुरक्षा योजना : श्रममन्त्री विष्ट

 मंसिर ११, २०७५ मंगलबार १३:३५:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले आम नेपालीको जीवनमा दीर्घकालीन महत्व राख्ने योजना लिएर आएको बताउनुभयो । 

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित सामाजिक सुरक्षा योजना शुभारम्भ कार्यक्रममा मन्त्री विष्टले  आउँदा दिनमा श्रमजीवीको जीवनमा देखिएका असुरक्षित अवस्थाको अन्त्य हुँदै निश्चिन्त हुने अवस्था आउने स्पष्ट पार्नुभयो । 

उहाँले सरकारको नयाँ योजनाले उद्योगीहरुलाई समेत ढुक्कसँग लगानी र व्यवसाय गर्ने वातावरण प्राप्त हुने बताउनुभयो । त्यस्तै मन्त्री विष्टले सरकार सन्तुलित एवं दीगो आर्थिक विकास हासिल गर्न बाटोमा हिँडेको बताउनुभयो । 

सरकारले ल्याएको योजनाको सफल कार्यान्वयनबाट मात्रै सभ्य समाज, समृद्ध समाजदेखि सुखी समाजको कल्पना गर्न सकिने उहाँले बताउनुभयो । यो योजनाले व्यक्ति र परिवारको आर्थिक समस्या समाधान गर्ने पनि उहाँले स्पष्ट पार्नुभयो । 

विगतमा श्रमिकहरु विभिन्न समस्याबाट प्रताडित हुँदै आए पनि अहिले रोजगारदाता, श्रमिक र सरकारबीचको साझेदारीले यो अवस्था आएको र नेपाल नयाँ युगमा प्रवेश गरेको मन्त्री विष्टले बताउनुभयो ।

सरकारले ल्याएको सामाजिक सुरक्षा योजनाको कार्यान्वयनले नेपाली समाज र आम नागरिकको जीवनमा सुखद दिन आउने बताउँदै मन्त्री विष्टले श्रमप्रतिको सम्मान र स्वदेशमै रोजगारीको वातावरण सिर्जना हुने बताउनुभयो । 

सरकारको प्राथमिकता नै वैदेशिक रोजगारको निर्भरतालाई न्यूनिकरण गर्दै जाने भएकाले विदेशमा रहेका नेपालीलाई पनि स्वदेश फर्काउने मन्त्री विष्टले बताउनुभयो ।  

त्यस्तै सरकारले हरेक वर्ष मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसको रुपमा मनाउने पनि मन्त्री विष्टले उल्लेख गर्नुभयो । 

मन्त्री विष्टले सामाजिक सुरक्षा योजना अन्तर्गत सबैभन्दा पहिले प्रतिष्ठानतर्फका श्रमिकको सूचीकृत हुने बताउँदै मन्त्री विष्टले क्रमशः स्वरोजगार र अनौपचारिक क्षेत्रका श्रमिकलाई पनि समेटिने उल्लेख गर्नुभयो ।  
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया