पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य, दाउन्नेमा एकतर्फी खुल्यो

 असोज १९, २०८१ शनिबार ६:७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – बाढीपहिरोका कारण अवरुद्ध भएर फेरि सञ्चालनमा आएका सबै सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ । काठमाण्डौ जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा पहिरो पन्छाइएका सबै सडकमा गाडीको आवतजावत सामान्य रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासीको दाउन्नेमा हिजो बेलुकी सडक भासिएर अवरुद्ध भएको सडक रातिदेखि एकतर्फी सञ्चालनमा आएको छ । सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्गबाहेक देशका अरु सबै राजमार्ग एक, दुई दिनमै सञ्चालनमा आउने दाबी गरेको छ । मन्त्रालयका सचिव केशवकुमार शर्माले अघिल्लो हप्ताको बाढीपहिरोले क्षतिग्रस्त बनाएका बीपीबाहेक अरु सबै राजमार्ग पर्सि सोमवारभित्रै सञ्चालनमा ल्याउने बताउनुभएको हो ।

बीपी राजमार्ग पनि अस्थायी रुपमा खुलाउने पहल भइरहेको सरकारले जनाएको छ । कान्ति राजपथ आजदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना रहेको सचिव शर्माले बताउनुभयो ।

यस्तै अरनिको राजमार्ग पनि केही दिनमै सञ्चालनमा ल्याउन काम भइरहेको उहाँले जानकारी दिनुभयो । त्रिभुवन राजपथ सडकअन्तर्गतको हेटौँडा–चित्लाङ–चन्द्रागिरि–काठमाण्डौ खण्डमा हिजो बिहानदेखि  गाडी चल्न थालेका छन् । 
 

अन्तिम अपडेट: असोज १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया