सामाजिक सुरक्षा योजनाका बारेमा के भन्छन् उद्योगीहरु ?

 मंसिर ११, २०७५ मंगलबार १६:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – रोगजारदाताहरुले सरकारले घोषणा गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई ‘चुनौतिपूर्ण योजना’को संज्ञा दिएका छन् ।

मंगलबार काठमाडौंमा एक समारोहकाबीच घोषणा गरिएको सामाजिक सुरक्षा योजना कार्यक्रममा बोल्दै रोजगारदाता संघ संगठनका नेताहरुले श्रमिकका लागि ठूलो अवसरको रुपमा ल्याइएको सरकारको योजना कायान्वयनमा भने चुनौति देखिएको टिप्पणी गरेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले सरकारले लागू गरेको यो योजनाले सामाजिक रुपान्तरणको कामलाई अघि बढाएको उल्लेख गर्नुभयो । उहाँले यसको सफल कार्यान्वयनबाट मात्रै श्रमिकको भविष्य सुरक्षित हुने र त्यसले रोजगारदाताहरुलाई पनि प्रतिफल मिल्ने स्पष्ट पार्नुभयो ।

अध्यक्ष राणाले सरकारको सामाजिक सुरक्षा योजनालाई सफल बनाउन आफूहरुले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ऐतिहासिक भएको बताउनुभयो । उहाँले यो कार्यक्रमले देशभित्र काम गरेर खाने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।

अध्यक्ष शर्माले सामाजिक सुरक्षा कोषको बजेट सदुपयोग गर्दै राष्ट्र निर्माणको अभियानलाई तीव्रता दिन पनि सरकारसँग आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया