भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – काठमाडौं उपत्यकामा सवारी आवागमनलाई व्यवस्थित बनाउन बिहीबारदेखि १६ गते (अाइतबार) सम्म जोर बिजोर प्रणाली लागु गरिने भएको छ ।
शुक्रबारदेखि सोमबारसम्म काठमाडौंमा हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनमा आउने पाहुना तथा विशिष्ट व्यक्तिहरुको सवारी आवागमनलाई व्यवस्थित बनाउन यस्तो व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले जनाएको छ ।
बिहीबार र शनिबारका दिन बिजोर सवारी र शुक्रबार तथा आइतबार जोर नम्बर प्लेट भएका सवारी साधन सञ्चालन गर्न पाइने महाशाखाले सूचना जारी गरेर जानकारी दिएको हो । सवारी साधनको अन्तिम अंकको आधारमा जोर बिजोर प्रणाली लागु गरिएको पनि उसले जनाएको छ ।
अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली अनिवार्य नगरिने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।