जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
रुपन्देही - लाेकरक ब्याण्डले बुटवलकाे ‘एन्फा टेक्निकल इन्स्टिच्यूट स्टेडियम’मा सोमबार राति प्रस्तुति दिएकाे छ ।
नेपथ्यका मुख्य गायक अमृत गुरुङले गीत गाइरहँदा जेनरेटर अचानक बन्द भयाे र अावाज अाएन तर झण्डै दुर्इ मिनेटसम्म फुटबल मैदानमा जम्मा भएका करिब चार हजार दर्शकले एकोहोरो ‘गाउँ गाउँबाट उठ’ का शब्दहरु चर्को स्वरमा गाइरहे ।
‘सुरुमा अत्यास लागेको थियो,’ गायक अमृतले भने ‘तर, अन्त्यमा भने नेपथ्य र दर्शक बीचको सामिप्यले प्रविधिलाई पनि जितेको महसुस भयो ।’
कास्की जिल्लाले बुटवललाई परम्परादेखि बटौली बजार भनेर चिन्दै आएको र त्याे सहर कुनै समय हामीले कास्केलीहरुले किनमेल गरेर फर्कने बताउँदै
त्यसपछि अमृतले ‘यानीमाया’ गीत प्रस्तुत गरे र लगत्तै ‘सालैजो’ सुनाए ।
दुई घन्टासम्म निरन्तर चलेको कन्सर्टमा ‘भेँडाको ऊनजस्तो’, ‘छेक्यो छेक्यो’ हुँदै नयाँ गीत ‘शिरफूल शिरैमा’ सुनाइएको थियो भने सदा झैं ‘रातो र चन्द्रसूर्य’ बाट अन्त्य गरिएकाे थियाे । यात्रा मंसिर १३ गते धनगढीमा कार्यक्रम गरेर सम्पन्न हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।