न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन पत्रकार महासंघले आन्दोलन गर्ने

 मंसिर ११, २०७५ मंगलबार १८:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नेपाल पत्रकार महासंघले पत्रकारको न्यूनतम पारिश्रमिक सहित श्रमजिवी पत्रकार ऐनको कार्यान्यवनका लागि आन्दोलन गर्ने भएको छ । 

महासंघको उपलब्ध केन्द्रीय समितिको बैठकले सरकारले पछिल्लो पटक वृद्धि गरेको २५ प्रतिशत न्यूनतम पारिश्रमिकसहित श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनका लागि आन्दोलन गर्ने निर्णय गरेको महासचिव रमेश विष्टले जानकारी दिनुभयो । महासंघले सबै सञ्चारमाध्यमहरुलाई श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न र कार्यान्वयन गराउन नेपाल सरकारलाई आहृवान समेत गरेको छ । 

पत्रकार महासंघले मन्त्रिपरिषदको निर्णय तत्काल सार्वजनिक नगर्ने सरकारको निर्णय जनताको सूचनाको हक र प्रेस स्वतन्त्रताविरोधी भएको निष्कर्ष निकाल्दै तत्काल त्यस्तो निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ । 

यस्तै, महासंघको बैठकले बैठकले स्थानीय प्रदेश सरकारहरुलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कानुन निर्माण नगर्न पनि आग्रह गरेको छ । स्थानीय तह र प्रदेश सरकारले आफै सञ्चारमाध्यमहरु सञ्चालन गर्ने निर्णय गरकोप्रति पनि महासंघले आपत्ति पनि जनाएको महासचिव विष्टले जानकारी दिनुभयो । 

बैठकले महासंघका प्रदेश समितिका अध्यक्ष, महासचिव र शाखा अध्यक्षको राष्ट्रिय सम्मेलन पुस ४ र ५ गते मोरङको विराटनगरमा आयोजना गर्ने निर्णय पनि गरेको छ । 
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया