भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडाैं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिस्ट्रार कार्यालयका उप रजिष्टारहरु गंगाधर पौडेल र धर्मराज रोकायासहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरेको छ ।
शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिको ७० करोड बराबरको शेयर नामसारी गर्दा किर्ते गरेको दावीसहित उनीहरुलाई विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।
शेयर बेचबिखनमा किर्ते कागजपत्र बनाउन सघाउने कम्पनी रजिस्ट्रारको कार्यालयका दुई उपसचिव, सहायक रजिस्ट्रार र अधिकृतसहित १२ जनालाई भदौ २१ गते पक्राउ गरेर अख्तियारलाई बुझाइएको थियो ।
शंकर इलेक्ट्रिक इन्डस्ट्रिज प्रालिका सञ्चालक रामनिरञ्जन जटियाको किर्ते लिखत तयार गरी अर्कै व्यक्तिको नाममा शेयर हस्तान्तरण गरेको अख्तियारको दावी छ । जटियासँग १६ वर्षदेखि काम गर्दै आएका जितबहादुर मगरले कम्पनीको कागजपत्र चोरी गरी ठगीको योजना बनाएको अख्तियारले दावी गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।