सामसुङ ग्यालेक्सी ए सेभेन अब नीलो रंगमा उपलब्ध

 मंसिर ११, २०७५ मंगलबार १९:५७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं –  सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो ग्यालेक्सी ए सेभेन को सफल प्रिबुकिङ्गपछि हालै  बहुप्रतिक्षित नीलो रंगमा  नेपाली बजारमा प्रस्तुत गरेको  छ ।

यसको अकर्षक डिजाइन, शक्तिशाली ट्रिपल क्यामरा आकर्षक नयाँ रङ्ग र विशेष कार्यक्षमता यसमा विद्यमान छन् । 

ग्यालेक्सी ए सेभेन उपभोक्ताहरुको अन्तरदृष्टिको आधारमा तयार पारिएको छ, यस हिसावले नेपालका अधिकांश युवायुवतीहरुले स्मार्ट फोनमा भएको फ्रन्ट क्यामराको उपयोग दैनिक गर्ने गर्दछन् । फ्रन्ट क्यामराको तुलनामा रियर क्यामराको प्रयोग भने दुई गुणा बढी गर्ने गरेको पाइन्छ । नयाँ ग्यालेक्सी ए सेभेन मा तीनवटा क्यामरा विद्यमान रहेका छन्, एक अतिरिक्त ८ मेगापिक्सल १२० डिग्री अल्ट्रा वाइड लेन्स रहेको छ । यसले मानिसको आँखाले जस्तो देख्छ त्यस्तै तस्बिर खिच्न सक्दछ । 

२४ मेगापिक्सल प्राइमरी तथा सेल्फी क्यामरामा भएको नयाँ प्रविधि– जसले कम उज्यालोको अवस्थामा खिचिएको तस्बिरको पहिचान गरी चार पिक्सललाई जोडी“सुपर पिक्सल” मा जोडी सफा तस्बिर प्रदान गर्दछ । २४ मेगापिक्सल प्राइमरी क्यामराको साथ ५ मेगापिक्सल डेप्थ लेन्स, लाइभ फोकस सुविधाले डेप्थ अफफिल्डको कन्ट्रोल गर्दछ, जसबाट प्रेयोगकर्ताले फोटो खिच्नुभन्दा अगाडि वा फोटो खिच्दै गर्दा इन्डेप्थलाई मिलाउन सक्दछन् । 

ग्यालेक्सी ए सेभेन कार्यक्षमता भएको अत्यन्त आकर्षक डिजनाइनयुक्त रहेको छ । यो उपभोक्ताहरुको आवश्यकता एवं चाहनालाई मध्यनजर गरी विकसित गरिएको छ । नेपालमा स्मार्ट फोन प्रयोगकर्ताहरु मध्ये झण्डै आधा संख्याले स्मार्ट फोनमा भएको फ्रन्ट क्यामराको उपयोग गर्दछन्  ।

यो नयाँ ट्रिपल क्यामरायुक्त ग्यालेक्सी ए सेभेन मा अतिरिक्त ८ मेगापिक्सल १२० डिग्री अल्ट्रा वाइड लेन्स विद्यमान छ जसले गर्दा मानव आँखाले जस्तो देख्दछ त्यस्तै गरी क्यामराले कार्य गर्दछ । 

त्यसैगरी २४ मेगापिक्सलको प्राइमरी एवं सेल्फी क्यामरामा पनि नयाँ प्रविधि समायोजन गरिएको छ । 

ग्यालेक्सी ए सेभेनको  नेपाली मूल्य .४२,९९०, (४ जीबी/६४जीबी) तोकिएको छ । ग्यालेक्सी ए सेभेन नीलो र कालो गरी दुई आकर्षक रंगमा उपलब्ध रहेको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया