पुनर्निर्माणका लागि भारतले दिने ७५ अर्ब रुपैयाँ रेलमा खर्च गर्ने तयारी

 मंसिर १२, २०७५ बुधबार १८:३८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

पूर्व-पश्चिम रेल मार्ग अन्तर्गत लिक निर्माणकाे काम हुँदै तस्बिर - रेल विभाग

काठमाडौं – भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले दिने सहुलियपूर्ण ऋण पुनर्निर्माणमा नभई अरु परियोजनामा खर्च हुने भएको छ । 

भारतले नेपालको पुनर्निर्माणका लागि दिने भनेको एक खर्ब रुपैयाँमध्ये २५ अर्ब रुपैयाँ अनुदानमा उपलब्ध भैसकेको छ । तर सहुलियत ब्याजदरमा दिने भनेको ७५ अर्ब रुपैयाँ भारतले राखेका शर्तअनुसार खर्च गर्नुपर्ने भएपछि पुनर्निर्माणमा खर्च नहुने भएको हो । 

तर भारतीय निर्यात आयात बैंक (एक्जिम बैंक) बाट सहुलियतमा उपलब्ध हुने ७५ अर्ब रुपैयाँ पुननिर्माणमा खर्च नभए पनि त्यसलाई अरु ठूला परियोजनामा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । २ प्रतिशत ब्याजदरको हाराहारीमा प्राप्त हुने त्यो रकम पूर्व–पश्चिम रेल परियोजनामा खर्च गर्नेगरी तयारी भैरहेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । 

‘पुनर्निर्माणका लागि खर्च गर्ने भनेर सहुलियत ब्याजदरमा लिइने ऋण पुनर्निर्माणमा खर्च नहुने भएको छ, तर त्यो सम्झौता भंग नगरी ऋण लिने र अरु परियोजनामा खर्च गर्ने तयारी छ’, अर्थ मन्त्रालय स्रोतले उज्यालो अनलाइनसँग भन्यो, ‘अहिलेलाई ७५ अर्ब रुपैयाँ पूर्व–पश्चिम रेल परियोजनामा खर्च गर्ने विषयमा छलफल भैरहेको छ ।’

७५ अर्ब रुपैयाँ सानातिना घर टहरा निर्माणमा खर्च गर्दा यता न उता हुने जस्तो देखिएकाले पनि यसलाई ठूला परियोजनामा खर्च गर्ने तयारी भएको मन्त्रालयको दावी छ । 

सुरुमा एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भने पनि अहिले ब्याजदर पौने २ देखि २ प्रतिशतको हाराहारीमा पुग्न सक्ने पनि मन्त्रालयले जनाएको छ ।
 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया