भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
जाजरकोट – छिन्चु जाजरकोट सडक खण्डको सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर गुनी भीर नजिकै बुधबार दिउँसो मोटर साइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ ।
दुर्घटनामा जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर ९ नाहाडाका महेन्द्रचन्द ठकुरीको ज्यान गएको हो । शिवालयदेखि जामुनेबजारतिर जाँदै गरेको भे ८ प ३४२४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको र चालकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
शव लिन गएको ट्रयाक्टर पनि दुर्घटनामा पर्याे
चन्दको मृत्यु भएको खबर पाएपछि आफन्त र गाउँलेहरु ट्रयाक्टर लिएर शव लिन गएका थिए । तर शव लिन गएको ट्रयाक्टर पनि दुर्घटनामा परेको छ । ट्रयाक्टर दुर्घटनामा २१ जना घाइते भएका छन् ।
शव लिन गएको लु १ त ९५७७ नम्बरको ट्रयाक्टर सुर्खेतको सिम्ता गाउँपालिका ४ वालिखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारको लागि सुर्खेत लगिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।