भारततर्फ लैजान लागिएका चार युवतीको सीमा नाकाबाट उद्धार

 मंसिर १३, २०७५ बिहीबार ७:१३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

कपिलवस्तु – सीमा नाका कृष्णनगरबाट झुक्याएर भारत लैजान लागिएको चारजना युवतीको उद्धार गरिएको छ ।

कुवेत जान भनी घरबाट हिँडेका युवतीहरुलाई सोधपुछको क्रममा कृष्णनगर सीमा नाकाबाट के.आई. नेपालले उद्धार गरेको हो । उद्धार गरिएका युवतीहरु रुपन्देही, कपिलवस्तु र सिन्धुपाल्चोक जिल्लाका रहेको के.आई.नेपाललका संयोजक केशर विश्वकर्माले बताउनु भयो । 

उनीहरुलाई लैजाने दलालको खोजी भैरहेको ईलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ । 


 

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया