भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं - कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौं आइपुग्नु भएको छ ।
शुक्रबारबाट काठमाडौंमा सुरु हुने एसिया प्यासिफिक समिटमा भाग लिन प्रधानमन्त्री सेन बिहीबार काठमाडौं आइपुग्नु भएको हो ।
उहाँलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले स्वागत गर्नु भएको थियो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री सेनको सम्मानमा सलामी अर्पण समेत गरेको थियो ।
प्रधानमन्त्री सेनले भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै भेटवार्ता गर्नुहुने बताइएको छ ।
प्रधानमन्त्री सेनसहित समिटमा सहभागी हुन विदेशी विशिष्ट पाहुनाहरु आउने क्रम सुरु भएपछि काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्मेलन काठमाडौंको बौद्धमा रहेकाे हायात होटलमा चार दिनसम्म चल्नेछ ।
सम्मेलनमा ४५ देशका १५ सय पाहुना सहभागी हुने बताइएको छ । सम्मेलनको उद्घाटन सत्रमा विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । सम्मेलनमा शान्ति, विकास, सुशासनलगायतका विषयमा पनि विस्तृत छलफल हुने एजेन्डा तय गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।