भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – एसिया प्यासिफिक सम्मेलनमा भाग लिन आएका विदेशी पाहुनाको आवत जावत सहज पार्न सरकारले चार दिन काठमाडौं उपत्यकाको सडकमा जोर बिजोर प्रणाली लागू गरेको छ ।
काठमाडौँमा यात्रुको भीड थामिनसक्नु भएका बेला जोर बिजोर प्रणाली लागू भएकै दिन बिहीबार यात्रुले नराम्ररी सास्ती पाए । बिहानैदेखि काठमाडौँमा चल्ने गाडी कम छन् । चोक चोक र बस स्टपमा यात्रुको भीड बाक्लो छ । नियमित गाडी चल्दा पनि झुण्डिएर, उभिएर यात्रा गर्नुपर्ने बाध्यता छदै थियो ।
त्यसमाथि जोर बिजोर प्रणाली बिहीबार अफिस आउने जाने घण्टौ गाडी कुर्न बाध्य भए । कोही हिँडेरै घर कार्यालय पुगेका छन्। बेलुकी फर्किँदा पनि त्यस्तै सास्ती झेल्नुपर्ने पक्का छ ।
लामो समय कुरेपछि आउने एक दुई वटा गाडीमा यात्रु कोचाकोच गरी यात्रा गर्न बाध्य भएका छन । एसिया प्यासिफिक सम्मेलनका लागि कम्बोडियोका प्रधानमन्त्री हुन सेन र म्यानमारकी नेतृ आङ साङ सुकी काठमाडौं आउँदा यात्रुले सास्ती झेलेका हुन् ।
बिहीबार बिहान दुवै भीआईपी लगभग एकै समय काठमाडौं ओर्लिए । सर्वसाधारण कार्यालय जाने समयमै काठमाडौं ओर्लिएका सुकी र कम्बोडियाका प्रधानमन्त्री सेनको सुरक्षाका लागि सडक खाली गराइयो ।
सडक खाली गराउँदा कार्यालय जान ठिक्क परेका सर्वसाधारण बस स्टपमा गाडी कुरेको कुर्यै देखिन्थे । घण्टौ कुर्दा पनि गाडी नआएपछि कोही बाइकमा लिफ्ट मागेर गन्तव्यमा पुगे त कोही महंगो भाडा तिरेर ट्याक्सी चढ्न बाध्य भए ।
काठमाडौं उपत्यकाका सार्वजनिक गाडीमा यात्रा गर्न सजिलो छैन । पछिल्लो समय ठूला ठूला बस थपिए पनि यात्रुको चाप घटेको छैन । विदेशी पाहुना आउँदा एकातर्फ जोर बिजोर प्रणाली अर्कातिर कार्यालय समयमै हुने भीआईपीको सवारीले यात्रु बेला बेला नाकाबन्दी सम्झिन बाध्य छन् ।
तस्बिर : रासस
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।