मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को तयारी शुरू, एक लाख पर्यटक भित्...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी पाँच दिने औपचारिक भ्रमणमा नेपाल आउनु हुने भएको छ । प्रधानसेनापति महारथी अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाध्यक्ष आउँदो मङ्सिर ५ गतेदेखि ९ गतेसम्म नेपाल भ्रमणमा आउने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।
भ्रमणका क्रममा जनरल द्विवेदीले सैनिक मञ्च टुँडिखेलमा रहेको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधानसेनापति सिग्देलसँग भेटघाट गर्नु हुने छ । यस्तै उहाँले कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तरक्रिया र पश्चिम पृतना मुख्यालयको भ्रमण गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।
भ्रमणको मुख्य अंशका रूपमा नेपाली सेना र भारतीय सेनाबीचको परम्परा अनुसार भारतीय सेनाध्यक्ष जनरल द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर ६ गते विशेष समारोहका बीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ ।
साथै भारतीय स्थल सेनाध्यक्षले भ्रमणका क्रममा प्रधानमन्त्री, रक्षामन्त्रीसँग भेटघाट गर्नु हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।