जुम्लाका ८ वटै पालिका साक्षर घोषणा
मंसिर ८, २०८१ शनिबार
भारतको राजधानी दिल्लीमा वायु प्रदूषणको स्तर फेरि गम्भीर अवस्थामा पुगेको छ । भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार बिहान ६ बजे दिल्लीका धेरै क्षेत्रमा वायु प्रदूषणको स्तर ‘गम्भीर’ वा ‘अत्यधिक खराब’ स्तर्मा रेकर्ड गरिएको हो ।
आज बिहीवार बिहान दिल्लीको आनन्द बिहार क्षेत्रको हावा सबैभन्दा प्रदूषित थियो । प्रदूषणको स्तर मापन गर्ने आईक्यूएअरका अनुसार त्यस क्षेत्रको हावामा बिहान ८ बजे एक्यूआई चार सय ७२ रेकर्ड भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
दिल्लीमा धेरै ठाउँको वायुको गुणस्तर सूचकाङ्क चार सय ५० भन्दा माथि छ भने सबै जिल्लामा चार सयभन्दा माथि पुगेको छ, याे ‘अति खराब’ को स्तरमा पर्छ । आईक्यूएअरका अनुसार प्रदूषित शहरको सूचीमा दिल्ली पहिलो स्थानमा छ ।
राजधानी दिल्लीमा हरेक वर्ष जाडो मौसम शुरू भएसँगै वायु प्रदूषणको समस्या देखिने गरेको छ । पछिल्लो केही दिनदेखि दिल्लीमा बगिरहेको यमुना नदीमा वायु प्रदूषणसँगै फोमको बाक्लो तह पनि देखिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।