पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले कुवेतलाई १ सय ६५ रनले हरायो

 कात्तिक २७, २०८१ मंगलबार १४:१६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डौ – कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनमा नेपालले आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा कुवेतलाई १ सय ६५ रनले हराएको छ ।

नेपालले दिएको २ सय १४ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा ४८ रनमै अलआउट भयो । कुवेतकी कप्तान जीफा जिलानीले सबैभन्दा धेरै ३६ रन बनाइन् । नेपालकी कप्तान पूजा महतोले ५ विकेट लिइन् । यस्तै रचना चौधरी र सिमाना केसीले २/२ विकेट लिए ।

यसअघि यूएईको सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन बनायो । नेपालकी कप्तान पूजा महतोले कीर्तिमानी शतक बनाइन् । ५७ बलमा शतक बनाएकी पूजा ६९ बलमा १ सय ३० रन जोड्दै नटआउट रहिन् । पूजा १९ वर्षमुनिको महिला टोलीका लागि अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन् । यस्तै सोनी पाख्रिनले नटआउट ४२ रन बनाइन् । कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले १/१ विकेट लिए ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको थियो । नेपाल तेस्रो खेलमा भने यूएईसँग १३ रनले पराजित भएको थियो । नेपालले चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रनले हराएको थियो ।

प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग २/२ खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अर्काे वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ ।

अन्तिम अपडेट: मंसिर २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया