भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – काठमाडौंको गोंगबुबाट दुई दिनअघि बेपत्ता भएका ८ वर्षीय बालक प्रयास कुँवरको हत्या भएको छ ।
बालक कुँवरको शव म्हेपीमा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाटै मंगलबार साँझदेखि बेपत्ता भएका कुँवरको खोजीमा प्रहरी जुटेको भए पनि कुँवरलाई सकुसल फेला पार्न नसकिएको हो । स्वस्तिका गेस्ट हाउस बालकका बुवा प्रविण आफैले सञ्चालन गर्दै आएका छन् ।
परिवारले बालकको खोजतलासका लागि महानगरीय प्रहरी प्रभाग गोंगबुमा निवेदन दिएका थिए । प्रयास टाउन प्लानिङको वेलमेन्ट इन्टरनेसनल स्कुलमा कक्षा १ मा अध्ययनरत थिए ।
महानगरीय अपराध महाशाखाका प्रमुख सिंहका अनुसार फेला परेको शवलाई पोष्टमार्टमका लागि लगिएको छ ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका महेन्द्र सार्की छन् ।
सार्की होटल सञ्चालक प्रविण कुँवरका सवारी चालक हुन् । घटनाको बारेमा आवश्यक छानबिन भइरहेको महाशाखा प्रमुख सिंहले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।