भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – चालू आर्थिक वर्षको प्रथम चौमासिकमा देशको निर्यात व्यापार गएको वर्षभन्दा झण्डै ११ प्रतिशतले वृद्धि भएको देखिएको छ ।
नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गएको वर्षभन्दा निर्यात व्यापारमा १० दशमलब ७० प्रतिशतले वृद्धि भएको जानकारी गराएको हो । उन, उनी गलैचा र तयारी पोसाकको निर्यात व्यापार गएको वर्षको भन्दा उल्लेख्य वृद्धि भएको केन्द्रका नायव कार्यकारी निर्देशक सुयश खनालले जानकारी दिनुभयो ।
नेपालको निकासी व्यापार हुने प्रमुख मुलुकहरुमा भारत, अमेरिका, जर्मनी, बेलायत, चीन, जापान, अष्ट्रेलिया र डेनमार्क रहेका छन ।
केन्द्रले देशको व्यापार घाटा चालू आर्थिक वर्षको प्रथम चौमासिकमा सामान्य सुधार आए पनि पैठारीमा देखिएको अत्याधिक वृद्धिका कारण झण्डै ४० प्रतिशतले वृद्धि हुन आएको पनि स्पष्ट पारेको छ । नायव कार्यकारी निर्देशक खनालले हाल नेपालको व्यापार घाटा ४ सय ४५ अर्ब ४७ करोड पुगेको जानकारी पनि दिनुभयो ।
पैठारीमा देखिएको वृद्धि नै व्यापार घाटा बढ्दै जानुको मुख्य कारण रहेको केन्द्रको तर्क छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।