रजनीकान्तको २.० ले प्रदर्शनको पहिलो दिनमै सामाजिक सञ्जालमा मच्चायो तहल्का

 मंसिर १३, २०७५ बिहीबार २०:१७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

अभिनेता रजनीकान्त र अक्षय कुमार अभिनित फिल्म २.० आज बिहीबारदेखि प्रदर्शनमा आएको छ ।  

यो फिल्म प्रदर्शन भएको पहिलो दिनमै सामाजिक सञ्जालमा एक खालको तहल्का मच्चिएको छ । रिलिजको पहिलो दिनमै सामाजिक सञ्जालमा फ्यानहरुले यस फिल्मको खुलेर प्रशंसा गरिरहेका छन् । साथै  सामाजिक सञ्जालमा केही भिडियोहरु पनि सार्वजनिक भएका छन् । 

यसबाट रजनीकान्तका फ्यानहरुमा उनको क्रेज कति धेरै छ भन्ने कुरा थाहा पाउन सकिन्छ । यति सम्म कि सिनेमाहलमा फिल्म सुरु भएको केही समयमा रजनीकान्तको पहिलो झलक देखिँदा फ्यानहरु यति धेरै उत्साहित भएका छन्, जसका कारण चलिरहेको फिल्मलाई केही समयको लागि रोकिएको छ । 

साउथका सुपरस्टार रजनीकान्तलाई त्यहाँ भगवानको रुपमा पूजा गरिन्छ । यस पटक पनि रजनीकान्तको पूजा गरिएको र उनको तस्विरलाई दूधले नुहाएका धेरै तस्बिर र भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । 

फिल्म रिलिजको पहिलो दिनमै दर्शकको प्रशंसा मात्रै नभई फिल्म समीक्षकहरुकोसमेत वाहवाही पाइरहेको छ । एकातिर सामाजिक सञ्जालमा दर्शकहरुले यस फिल्मको प्रशंसा गरिरहेका छन् भने भारतका फिल्म समीक्षक तरण आदर्शले यस फिल्मलाई ५ स्टारको रेटिङ गरेका छन् । 

फिल्म २.० सन् २०१० मा रिलिज भएको फिल्म ‘रोबोट’ को दोस्रो भाग हो । फिल्ममा मुख्य अभिनेता रजनीकान्तका साथै अभिनेता अक्षय कुमार नकारात्मक भूमिकामा देखिएका छन् ।

५१४ करोड भारतीय रुपैयाँमा बनेको यो फिल्मको निर्देशन शंकरले गरेका हुन् भने यसमा अभिनेत्री एमी ज्याक्सनको पनि प्रमुख भूमिका रहेको छ ।
 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया