उपत्यकामा आज जोर नम्बरका गाडीमात्र चल्न पाउने

 मंसिर १४, २०७५ शुक्रबार ८:२०:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – उपत्यकामा शुक्रबार जोर नम्बरको गाडी तथा मोटरसाइकल मात्र चलिरहेका छन् । शुक्रबारदेखि हुन लागेको एसिया प्यासिफिक समिटमा सहभागि हुन आएका विभिन्न देशका विशिष्ट व्यक्तिको सहजताको लागि बिहीबारदेखि जोर बिजोर प्रणाली लागू भएको हो ।

आइतबारसम्म जोर बिजोर नम्बरको आधारमा गाडी र मोटरसाइकल चल्न पाउनेछन् । नम्बरप्लेटका अन्तिम एउटा नम्बरका आधारमा जोर बिजोर गणना हुने गृह मन्त्रालयले जनाएको छ । तर अत्यावश्यक सेवा र शैक्षिक संस्थाका गाडीमा भने जोर बिजोर प्रणाली लागू हुने छैन  ।

जोर बिजोर नम्बरको आधारमा कम गाडी चल्दा यात्रुले सास्ती पाएका छन् । थोरै मात्र गाडी चल्दा गन्तव्यमा पुग्न समस्या भएको उनीहरुको गुनासो छ । विवादित संस्थाको कार्यक्रमका लागि सरकारले जोर बिजोर प्रणालीका आधारमा गाडी चलाउने निर्णय गरेर नागरिकलाई दुःख दिएको भन्दै सरकारको विरोध पनि भैरहेको छ । 

अन्तिम अपडेट: फागुन २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया