भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
संखुवासभा – मकालु गाउँपालिका–५ मांसिमाका ९० वर्षीय अग्निपीडित पुरनध्वज गुरुङ अब नयाँ घरमा बस्न पाउने हुनुभएको छ । गएको असोज १९ गते घर आगलागी भएपछि गुरुङको परिवार छिमेकीको शरणमा बस्दै आउनुभएको थियो । गुरुङका परिवारलाई संखुवासभा समाज हङकङले नयाँ घर बनाइदिने भएका हुन् ।
संखुवासभा समाज हङकङको जिल्लामा रहेको शाखा संस्था संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानले घर निर्माणका लागि गुरुङको परिवारलाई ४ लाख ३५ हजार ३ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । विभिन्न सामाजिक संस्थाहरु मिलेर संयुक्त रुपमा सहयोग तथा राहत रकम हस्तान्तरण कार्यक्रमको आयोजना गरिएको संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका संखुवासभा अध्यक्ष टिकाराम गुरुङले बताउनुभयो ।
उहाँको अनुसार, यि सामाजिक संस्थाहरु बाहेक कतिपय व्यक्तिहरुलेसमेत व्यक्तिगत रुपमा सहयोग गरेका छन् । चेक हस्तान्तरण गदै प्रतिष्ठानका अध्यक्ष गुरुङले जतिसक्दो चाँडो घर बनाएर हस्तान्तरण गर्ने योजना रहेको बताउनुभयो । भवन बनाउनको लागि मकालु गाउँपालिकाको प्राविधिकले घरको डिजाइन र स्टिमेट बनाइसकेकोले अब तत्काल निर्माणको कार्य सुरु हुने उहाँले जानकारी दिनुभयो ।
त्यस्तै गुरुङहरुको साझा संस्था तमु ह्यूल छोजधीं गुरुङ राष्ट्रिय परिषद जिल्ला कार्यसमिति संखुवासभा र संखुवासभा तमू समाज सेवासमिति काठमाडौंले ५१ हजार ४ सय रुपैया बराबरको खाद्यान्न, लत्ताकपडा र भाडावर्तन सहयोग गरेको छ । संयुक्त रुपमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा तमू छोजधीं संखुवासभाका अध्यक्ष मित्रबहादुर गुरुङले राहत सामग्री हस्तान्तरण गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।