भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
काठमाडौं – एसिया प्यासिफिक समिट शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । ४५ देशका विशिष्ट व्यक्तिसहित १५ सय जना सहभागी हुने दाबी गरिएको सम्मेलन काठमाडौंमा सुरु हुन लागेको हो ।
युनिभर्सल पिस फेडेरेसन नामक धार्मिक गैरसरकारी संस्थाको आयोजना रहेको सम्मेलनमा सहभागी हुन ७ देशका राष्ट्र र सरकार प्रमुख तथा उपप्रमुख, १० जना पूर्वराष्ट्रप्रमुख र सरकारप्रमुखलगायत उपस्थित भएका छन् । सम्मेलनका कारण काठमाडौंको सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
उनीहरुको सुरक्षाका लागि झण्डै ३५ सय सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ । चार घेराको सुरक्षाको नेतृत्व नेपाली सेनाले गर्दै छ । सेनाले नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसँग समन्वय गर्नेछ । सुरक्षा व्यवस्था बिमस्टेककै सरह हुने सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो ।
आउँदो सोमबारसम्म चल्ने सम्मेलनमा राजनीतिक, धार्मिक, शान्ति, विकास, सुशासन र सांसदको भूमिका, अन्तरधार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन, सञ्चारमाध्यमको भूमिकालगायतका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।
गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रम भए पनि सम्मेलनका सहभागीका लागि सरकारले ५५ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।