शाहिद कपूरकी श्रीमतीसँग श्रृङ्खलाको तुलना

 मंसिर १४, २०७५ शुक्रबार १२:५५:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाको मिस वर्ल्ड २०१८ मा निकै चर्चा भैरहेको छ ।  त्यतिमात्रै होइन, मल्टीमिडिया विधामा त उनी प्रतिस्पर्धामा अगाडि पनि रहेकी छिन् । 

श्रृङ्खला भारी मतका साथ अग्रस्थानमा छिन् । उत्साहजनक भोटले मिस वर्ल्डको आयोजकले २ दिन म्याद पनि थपेको छ । नोभेम्बर ३० सम्म यस विधाको लागि भोट गर्न सकिनेछ । 

यदि यो भोटको अग्रता कायमै रह्यो भने श्रृङ्खलाले मल्टिमिडिया अवार्ड जित्ने पक्कापक्की भइसकेको छ । 

यो वर्ष मिस वर्ल्ड २०१८ चीनमा आयोजना भइरहेको छ । चीनको सान्यामा आउँदो ८ डिसेम्बरमा मिस वर्ल्डको फाइनल इभेन्ट हुनेछ । मिस वर्ल्डमा पाँच शीर्षकमा अवार्ड वितरण गरिन्छ, जसमध्ये मल्टिमिडिया पनि एउटा हो ।

त्यसो त यस पटक मिस वर्ल्डमा नेपाललाई सुरुवातदेखि नै टाइटल्डको दावेदार मानिएको छ । मिस वर्ल्ड जित्ने चर्चासँगै श्रृङ्खलाको अर्को चर्चा सुरु भएको छ ।  
उनलाई भारतीय मिडियाहरुले अभिनेता शाहिद कपूरकी श्रीमती मिरा राजपुतसँग तुलना गरेका छन् ।

भारतको चर्चित अनलाइन पोर्टल जनसत्ताले उनी मिराको डुब्लिकेट भएको उल्लेख गर्दै समाचार प्रकाशित गरेको छ । केही समय अघि मात्रै श्रृङ्खलाले पनि शाहिद कपूरसँगको एक तस्बिर इन्स्टाग्राममा सेयर गरेकी थिइन् ।

शाहिद र मिराले हेलो म्यागाजिनका लागि खिचेको एक तस्बिरमा श्रृङ्खलाले आफ्नो अनुहार चिप्काएर इन्स्टाग्राममा तस्बिर सेयर गरेकी थिइन् । यस हिसाबले श्रृङ्खलाले पनि यो कुरा महसुस गरेको अनुमान लगाउन सकिन्छ । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य 

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया