एनपीएलमा काठमाण्डौ गुर्खाजसँगको खेलमा टस जितेर चितवन राइनोजले बलिङ गर्दै

 मंसिर १७, २०८१ सोमबार ९:११:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपिएल) आज बागमतीका दुई टोली खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा केहीबेरमा सवा ९ बजे  काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दैछन् । चितवन राइनोजले टस जितेर पहिले बलिङ गर्ने भएको छ ।

करण केसी मार्की खेलाडी रहेको काठमाण्डौको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वसहायक प्रशिक्षक वसन्त शाही छन् । टोलीमा भीम सार्की, रासिद खान र शाहब आलम घरेलु खेलाडी छन् भने विदेशी खेलाडीमा नामिबियाका जेर्हार्ड इरासमस, नेदरल्यान्ड्सका माइकल लेभिट, अस्ट्रेलियाका स्टेफन सिन इस्किन्जी र इङ्लिस खेलाडीद्वय डान ड्वाउथवेट र नाथन साउटर रहेका छन् ।

यस्तै कुशल मल्ल मर्की खेलाडी रहेको चितवन राइनोजको मुख्य प्रशिक्षकमा नेपाली सिनियर पुरुष टोली सम्हालिसकेका उमेश पटवाल छन् । चितवनले इङ्ल्यान्डका पूर्वब्याटर रवि बोपारा, पाकिस्तानका सोहेल तान्विर, अफगानिस्तानका हसन इसाखिल, इङ्ल्यान्डका लुक बेन्किन्सटन र नामिबियाका जान निकोल लोफ्टी इटोनलाई अनुबन्ध गरेको छ ।

यसैबीच आज दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र  कर्णाली याक्स खेल्दैछन् । अस्ति भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई हराएको थियो । पहिलो संस्करणको एनपीएलमा आठ वटा टोली सहभागी छन् । 

अन्तिम अपडेट: मंसिर १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया