गौरीशङ्करको उपाध्यक्षमा माओवादीका उम्मेदवार झन्डै दोब्बर मतले अघि
मंसिर १७, २०८१ सोमबार
बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका अमिन थारु विजयी हुनुभएकाे छ ।
हिजाे भएकाे उपचुनावमा कांग्रेसका थारु १ हजार ४३ मतसहित विजयी हुनुभएको निर्वाचन आयाेगले जानकारी दिएकाे छ । उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शेरबहादुर थारुले ६ सय ७८ र नेकपा एमालेका विष्णुप्रसाद देवकोटाले ३ सय ३७ मत प्राप्त गर्नुभएकाे छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीकी प्रितिलाल थारुले ७०, राप्रपाका रत्नबहादुर शाहीले ५२ र रास्वपाका वासुदेव शर्माले १७ मत प्राप्त गरेका छन् ।
३ हजार ५ सय १० मतदाता रहेका ठाकुरबाबा–४ मा २ हजार २ सय ३९ मत खसेकाे थियाे । खसेकाे मध्ये ३ हजार ४० मत बदर भएकाे छ ।
ठाकुरबाबा–४ मा यसअघि पनि कांग्रेस नै विजयी भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ ।