भीरमा अड्किएका ८ जनाको उद्धार
फागुन २६, २०८१ सोमबार
बाँके – बाँकेको खजुरामा रहेको ज्ञानोदय माविले पूर्व विद्यार्थी प्रतिमा शर्मालाई एमबीबीएस अध्ययनका लागि एकलाख ६ हजार रुपैयाँ सहयोग गरेको छ ।
विद्यालयमा शुक्रबार औपचारिक कार्यक्रम गरी शिक्षक, कर्मचारी र विद्यार्थीबाट संकलन गरिएको एकलाख ६ हजार ६ सय ६४ रुपैयाँ प्रतिमाका अभिभावकलाई हस्तान्तरण गरिएको विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।
शिक्षक र कर्मचारीबाट ८४ हजार २ सय २१, बाल कल्याण कोषबाट १० हजार कक्षा ६ देखि १२ का विद्यार्थीबाट ९ हजार ३ सय ४३, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले दुई हजार र पूर्व अध्यक्ष मानबहादुर भण्डारीले एक हजार १०० गरी एकलाख ६ हजार ६ सय ६४ रुपैयाँ प्रतिमालाई सहयोग गरिएको हो ।
प्रतिमाले २०७२ सालको एसईई परीक्षामा ज्ञानोदयबाट ‘ए प्लस’ ग्रेड ल्याएर बाँके जिल्ला प्रथम भएकी थिइन् । विद्यालय परिवारले शर्माको उत्तरोत्तर प्रगतिको कामना पनि गरेको छ ।
यसैगरी डा. राजन पाण्डेले प्रतिमालाई ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । जनकल्याण मावि बद्रिपुरका शिक्षिका सम्झना केसीले शुक्रबार नै तीन हजार ५०० रुपैयाँ सहयोग गर्नुभएको छ ।
त्रिभुवन विश्व विद्यालयबाट एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकी शर्माको पूर्ण छात्रवृत्ति भएपछि भर्ना शुल्क, पुस्तक, खाने, बस्ने गरी झण्डै १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
कमजोर आर्थिक अवस्था भएका कारण शर्माको पढाईलाई सहयोग गर्न आर्थिक सहयोग संकलन गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।