राजावादी आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने

 चैत १७, २०८१ आइतबार १५:११:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – राजावादी आन्दोलनको नेतृत्व अब नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति जगमान गुरुङले गर्नुहुने भएको छ ।

संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले आज विज्ञप्ति निकालेर आफ्नो अनुपस्थितिमा गुरुङले आन्दोलनको नेतृत्व गर्ने जानकारी गराउनुभएको हो । विज्ञप्तिमा सुवेदीले सरकारले आफूलाई नजरबन्दमा राखेको भन्दै आन्दोलनको नेतृत्व जगमान गुरुङले गर्नुहुने उल्लेख गर्नुभएको हो ।

चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन भएको थियो । सुवेदीले नै दुर्गा प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर घोषणा गर्नुभएको थियो ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया