शेयर बजार दोहोरो अङ्कले बढेर २ हजार ७०० विन्दुमा
चैत २०, २०८१ बुधबार
काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै मुम्बई इन्डियन्सले पहिलो जीत निकालेको छ । हिजोको खेलमा मुम्बई आठ विकेटले विजयी भएको हो ।
कोलकाताले दिएको ११७ रनको लक्ष्य पछ्याएको मुम्बईले १२ ओभर ५ बलमा दुई विकेट गुमाउँदै १२१ रन बनायो । मुम्बईका रायन रिकेल्टोनले अवजित ६२ रन बनाए ।
कोलकाताका आन्द्रे रसेलले दुई विकेट लिए । त्यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले १६ ओभर २ बलमा सबै विकेट गुमाउँदै ११६ रन बनाएको थियो । कोलकाताका लागि अंगकृश रघुवंशीले २६ रन बनाए ।
मुम्बईका अश्विन कुमारले चार विकेट लिए । मुम्बई यसअघि चेन्नई सुपर किङ्स र गुजरात टाइटन्ससँग हारेको थियो । कोलकाताको भने यो दोस्रो हार हो । कोलकाताले यसअघि रोयल च्यालेन्जर्स बेंगलुरुसँग पराजित हुँदा राजस्थान रोयल्सलाई हराएको थियो ।
जीतसँगै मुम्बई २ अङ्क जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । २ अङ्क नै रहेको कोलकाता नेट रनरेटका आधारमा पुछारम झरेको छ । आईपीएलमा आज लखनउ सुपर जायन्ट्स र पन्जाब किंग्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।