रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – एनपीएलको विजेता जनकपुर बोल्ट्सले यो प्रतियोगितामा सुदूरपश्चिम रोयल्ससँग दुई वटा खेल हारेको थियो । तर फाइनलमा भने जनकपुरले दुई पटकको हारको बदला लिएको छ । यी दुई प्रतिष्पर्धी टिममा दुई जना दाजुभाइ पनि थिए । सुदुरपश्चिम रोयल्सबाट दाइ आरिफ शेख र जनकपुर बोल्ट्सबाट भाइ आशिफ शेखले खेलेका थिए । एउटै घरका दाजुभाइ फरक टिमबाट खेल्दा घरमा रमाइलोसँगै तिक्तता पनि थियो ।
समूह चरणमा र पहिलो क्वालिफायरमा सुदूरपश्चिम अर्थात् आरिफ शेख रहेको टिमले आशिफ शेख रहेको टिमलाई हराएको थियो । फाइनलमा भने भाइ आशिफको टिमले दाइ आरिफको टिमलाई हराएर उपाधि जितेपछि पत्रकारले यो विषयमा आशिफलाई सोधेका थिए ।
पत्रकार सम्मेलनमा आशिफले भने, ‘परिवारको आँखाबाट हेर्दा र जसले जिते पनि ट्रफी घरमै जाँदैछ । तर टिमको आँखाबाट हेर्दा धेरै फरक पर्छ । हामीलाई जित्न जरुरी नै थियो । दाइको टिम सुदूरपश्चिमसँग हामी जनकपुरले दुईपटक हारिसकेका थियौँ । मैदानबाहिर पनि सबैले यस्तै प्रश्न सोधेर मलाइ गाह्रो बनाइरहनुभएको थियो । मलाई रिस पनि उठिरहेको थियो । अब भने मैले जितेको छु । अब म जिस्काउँछु होला ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।