सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो
पुस १४, २०८१ आइतबार
काठमाण्डौ – विदेशमा कमाएको रकम आईएमई गर्दा एक करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आईएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ ।
जापानको क्योदाइबाट आईएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ बल्मी टोलमै पुगेर ग्लोवल आइएमई बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक बुझेपछि प्रमिलाले आईएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुबाआमाका लागि घर बनाइदिने योजना बनाएको बताउनु भयो ।
गएको असोजमा आईएमईका ब्रान्ड एम्बेसडर दीपाश्री निरौलाले काठमाण्डौमा सार्वजनिक गरेको लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल हुनुभएको थियो ।
आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गएको वर्ष सञ्चालन गरेको ‘ आईएमई गरौँ,करोडपति बनौँ’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको कम्पनीले जनाएको छ ।
आईएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम– आईएमई गरी रकम पठाउने सेवाग्राहीहरूमध्ये एक जनाले एक करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो ।
आईएमई गरी आईएमई पे वालेट, बैङ्क खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा रकम पठाउने सेवाग्राहीहरू यो योजनामा सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।