एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
अति धेरै हिमपातका कारण अमेरिकामा जनजीवन प्रभावित भएको छ । हिमपातसँगै विशाल हिमआँधीको चेतावनी पनि जारी भएकोको बीबीसीले जनाएको छ । एक दशकमा सबैभन्दा धेरै हिमपातका कारण लाखौँ अमेरिकी नागरिक प्रभावित भएका छन् ।
हिमपातका कारण हजारौँ हवाई उडान बन्द भएका छन् । सेन्ट लुइस र मिसौरी हवाईअड्डा सबैभन्दा बढी प्रभावित भएको खबरमा उल्लेख छ ।
कन्सास र मिसौरीमा हिमआँधीको चेतावनी दिइएको छ भने थप हिमपातको अनुमानसमेत गरिएको छ । केन्टुकी, भर्जिनिया, वेस्ट भर्जिनिया , कन्सास, अर्कांसस र मिसौरी गरि ६ राज्यमा आपतकाल घोषणा गरिएको छ ।
केन्टुकीमा रहेको मुहम्मद अली अन्तर्राष्ट्रिय विमानस्थलमा विमान नै हिउँले छोपिएका दृश्यहरु देखिएका छन् । सम्भावित आँधीको चेतावनीका कारण ४५ सय उडान निलम्बित भएका छन् भने दुई हजार बढी उडान रद्द भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।