सल्यानमा दुई जना बालिका मृत भेटिए, आफूले हत्या गरेको आमाको ...
पुस २४, २०८१ बुधबार
काठमाण्डाै – आज देशको पहाडी भेगका केही ठाउँमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ ।
जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कास्कीको लुम्लेमा ५ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै सङ्खुवासभाको नुममा ३ दशमलव ८ मिलिमिटर, म्याग्दीको मुना र लमजुङको खुदी बजारमा समान २ दशमलव २ मिलिमिर वर्षा भएको छ ।
आज प्यूठान, बागलुङ, गुल्मी, नुवाकोट, मकवानपुर, सोलुखुम्बु लगायतको जिल्लाका पहाडी भेगमा पनि सामान्य वर्षा भएको विभागले जनाएको छ । काठमाण्डौको धाप ड्याम क्षेत्रमा २ मिलिमिटर वर्षा भएको छ । ललितपुरको गोदावरीमा शून्य दशमलव २ मिलिमिटर वर्षा भएको छ ।
काठमाण्डौ उपत्यकामा बेलुकातिर छिटपुट बाहेक वर्षाको सम्भावना कम हुँदै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले बताउनुभयो । कोशी, बाग्मती र गण्डकी प्रदेशमा पर्ने धेरैजसो उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रहरूमा बेलुकासम्म बदलीसहित सामान्य वर्षाको सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । उहाँका अनुसार भोलि बिहानदेखि मौसम सुधार हुँदै जाने सम्भावना छ ।
यसैबीच तराई क्षेत्रको हुस्सु तथा कुहिरो भने अझै केही दिन रहने देखिएको छ । भोलिदेखि हुस्सु तथा कुहिरो थप बलियो बन्दै केही दिन रहने सम्भावना देखिएको मौसमविद् लामिछानेले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।