एन्फा महिला लिगमा पुलिसले बाग्मती युथलाई हरायो
पुस २३, २०८१ मंगलबार
प्यालेस्टाइनी विद्रोही सङ्गठन हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा ३४ जना बन्धकलाई रिहा गर्न सहमति जनाएको छ । हमासका एक वरिष्ठ अधिकारीले रिहाइका लागि ३४ बन्धकको सूची साझा गरेको बीबीसीले जनाएको छ ।
इजरायलसँगको सम्भावित युद्धविराम सम्झौतामा पहिलो चरणमा हमासले ३४ जना बन्धकलाई रिहा गर्ने विषयमा छलफल हुँदैछ । यीमध्ये कति जना बन्धक जीवित छन् भन्ने अझै स्पष्ट भइसकेको छैन ।
सूचीमा रहेका नामहरूमा १० जना महिला र ५० देखि ८५ वर्षका ११ जना बन्धक छन् । जसमा केही युवा पनि समावेश छन् । जसलाई हमासले इजरायली हवाई आक्रमणका क्रममा हत्या गरिएको यसअघि दाबी गरिएको थियो । हमासले सूचीमा रहेका धेरै बन्धक बिरामी रहेको बताएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगराएको बताएको छ । इजरायलले युद्धविराम र बन्धक रिहाइ सम्झौतामा कतारमा पुनः वार्ता शुरू भएको बताएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।