कांग्रेस बैठक : अध्यादेशकाे आवश्यकताबारे सांसदहरूलाई जानकारी

 माघ १३, २०८१ आइतबार १८:४२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : रासस

काठमाण्डाै – नेपाली कांग्रेसले संसद्को हिउँदे अधिवेशन, सरकारले गरिरहेका काम कारबाही र अध्यादेश, उच्चस्तरीय संयन्त्रको आवश्यकताका विषयमा सांसदहरूलाई जानकारी दिएकाे छ ।

संसद् भवनकाे ल्हाेत्से हलमा आज बसेकाे संसदीय दलकाे बैठकमा हिउँदे अधिवेशनदेखि सरकारकाे काम कारबाहीका बारेमा सांसदहरूलाई जानकारी गराइएकाे कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिनुभयाे । उहाँले बैठकमा सदनमा दरिलो उपस्थितिको रणनीतिका विषयमा पनि छलफल भएको उल्लेख गर्नुभयो ।

प्रमुख सचेतक घिमिरेले आउँदो अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयक तथा यसअघि नै प्रस्तुत भइसकेका तर विभिन्न समितिमा छलफलको चरणमा रहेका विधेयक र सरकारले ल्याएका अध्यादेशमाथि सांसदहरूको समेत धारणा सुन्दै मन्त्री र पार्टीका नेताहरूको जवाफ दिएर टुङ्गोमा पुगिने बताउनुभयो । उहाँले सरकारले गरिरहेका काम कारबाही र अध्यादेशका विषयमा गृहमन्त्री रमेश लेखकले सांसदहरूलाई प्रष्ट पार्नुभएको जानकारी दिनुभयो ।

बैठकमा तीन जना विज्ञले सरकारले ल्याएकाे अध्यादेश र अध्यादेशमा भएका ऐनहरूकाे अन्तरवस्तुकाे विषयमा सांसदहरूलाई बुझाएका प्रमुख सचेतक घिमिरेले बताउनुभयाे । पार्टीभित्र धेरै विषयमा वादविवाद भए पनि पार्टीले गरेको निर्णयलाई कार्यान्वयन गर्न कांग्रेसका नेताहरूले बोकेर हिँड्नुपर्ने कर्तव्य भएकाे उहाँकाे भनाइ छ ।

घिमिरेले आउँदाे संसद् अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षको सहमतिकै आधारमा विधेयकहरू बनाउने पनि बताउनुभयो । कांग्रेसको संसदीय दलको बैठक भाेलिसम्म चल्ने भएको छ ।

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया